म्यान्मारमा १८ प्रदर्शनकारीको मृत्यु

Breaking विश्व समाचार

म्यान्मारमा प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा कम्तिमा १८ जनाकाे मृत्यु भएको छ । प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ। सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्। फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।

Photo: AFP