म एक यन्त्रमानव

कला साहित्य

जय राम सिम्खडा 

हजारौं मान्छेहरुको भिडमा एक्लो म
करोडौ सम्पत्तिहरुको बिच्मा निर्धन म
थुप्रै अनुभब र डिग्रिहरुको बिच्मा अग्यानी म
सशरिर सक्छेम हुदाहुदैको पछ्यघाती म ॥

बस मलाई आफ्नो एक्पेट भर्न पाए पुग्छ
जे मा रम्छ यो मन तेहि गर्न पाए पूग्छ
न कसैको शोक छ मलाई न कसैको सुर्ता
न हिजोको पछुतो छ मलाई न भोलिको चीन्ता ॥

पहिले पहिले,
कसैको एउटा सुस्केरामा रात्को नीद्रा हराउथ्यो
सानु काडा बिझ्दा कसैलाई यो मन सार्है डराउथ्यो
बिपनाको त के कुरा हजुर सपनामा पनि पीर लाग्थ्यो
दुखि गरीब असहायको आफ्नो जस्तै माया लाग्थ्यो ॥

हिड्दै गुड्दै र उडदै जादा सपनाहरु निमोठीदै गए
स्वाभिमान ईच्छा र आशाहरु थिचीदै गए मिचीदै गए
तन्कदा तन्कदै तन्कने छेमतानै चुडिन पुगे
लड्दै बढ्दै र बाड्दै जादा भावना नै रित्तीन पुगे ॥

आशा टुटेपछी स्वाभीमान लुटीएपछी
भावनाको मुहान नै सुक्न पुगेछ
बा‍ह्य रुपमा जीउंका तीउं देखिने शरीर
भित्र भित्रै यन्त्र मानव बन्न पुगेछ ॥

अहिले,
आखा देख्ने अन्धो भएको छु
कान सुन्ने बहिरो भएको छु
बिबेक शुन्य अमान्छे भएको छु
भावना बिहिन यन्त्रमानव भएको छु ॥

यी आखाहरुका के काम न देख्छ न आशु बगाउछ
यी हातहरुका के काम न केही गर्छ न गर्न सघाउछ
यी ग्यान सीप र अनुभब्को के काम न कुनै सत्मार्ग समाउछ
यी ह्रिटपुस्ट आगोले खाने शरिर्को के काम न केही गर्छ न गर्न लगाउछ ॥

हो हजुर अचेल म एक यन्त्रमानव बनेको छु
भावना वीहिन यन्त्र जो स्वीच संगै अन अफ हुने गर्छ
जुन प्रोग्राम लादिएको छ त्यो मात्र दोहोराउने गर्छ
ईन्धन छउनजेल पुर्जा रहुनजेल अब यसरी नै चलीरन्छ ॥

यस्लाई मान्छेका गुहारहरुले दौडाउन सक्दैन
वेदना र रोदनका मुहारहरुले रुआउन सक्दैन
चित्कार र आर्तनादका पुकारहरुले तान्न सक्दैन
सजीव र नीर्जीव बीच्को भेद जान्न सक्दैन ॥

त्यसैले,
अव यो सङ भावना साट्ने दुस्प्रयास नगर
मान्छे भनि झुक्कीएर दुखसुख बाड्ने कुचेस्टा नगर
मान्छेको भावना सङ यस्को धड्कन बढ्ने छैन
प्यान्डेमिकले ध्व्स्थै होस सन्सार यस्लाइ फरक पर्ने छैन ॥
यस्लाइ फरक पर्ने छैन ॥

(कबि सिम्खडा हाल क्यानाडामा बसोबास गर्नु हुन्छ)

साहित्य समाज क्यानाडाको कार्यक्रम प्रस्तुत एक कविता