यस्तो थियो राजिव जैनलाई एक करोड जिताउने प्रश्न

नेपाल समाचार मनाेरंजन

एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् ।

शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । को बन्छ करोडपति ? मा १ करोड जित्ने उनी पहिलो सहभागी हुन् ।

उनलाई एक करोड रुपैयाँका लागि सोधिएको प्रश्न यस्तो छ । ‘२००७ साल प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ?’ उनका लागि चार वटा अप्सन यस्ता थिए, अप्सन ए- २०१४ माघ १९, अप्सन बी- २०१४ फागुन ७, अप्सन सी- २०१४ मसिंर २, अप्सन डी -२०१४ पुस २५ । उनले २०१४ माघ १९ गते उत्तर दिएर १ करोड जितेका हुन्।