युट्युबले गर्यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई कारबाही !

विश्व समाचार

एम खबर डेस्क, क्यानाडा। १३ जनवरी २०२१। फेसबूक र ट्विटर पछी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई युट्युबले पनि प्रतिबन्ध लगाएको छ।
पछिल्लो समय चौतर्फी घेराबन्दी र चर्को आलोचना खेपिरहेका ट्रम्पलाई युट्युबले पनि कारबाही गरेको छ। दुनिया कै सबैभन्दा ठूलो वीडियो प्लेटफार्म युट्युबले ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाएको छ र युट्युब कंपनीको नीतिको उल्लंघन गरेको भन्दै युट्युबबाट उनको वीडियोहरु डिलीट गरिदिएको छ।