युवाहरुलाई रोजगारी दिन हरेक पालिकामा घुम्ती तालिम सञ्चालन गरिने

नेपाल समाचार

काठमाण्डौ – सरकारले आउँदो वर्ष धेरै युवाहरुलाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा आन्तरिक रोजगारी पर्याप्त नभइरहेको अवस्था वैदेशिक रोजगारीमा गएका नेपाली पनि फर्कने अवस्था देखिएकाले रोजगारी सृजनामा जोड दिइने उल्लेख छ ।

कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना र मझौला उद्योग, निर्माण र सेवा क्षेत्रमा समावेश गरेर रोजगारी दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।आवश्यकता अनुसार सबै पालिकाहरुमा छोटो अवधिमा घुम्ती तालिम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।