यो देश, कसको? मानकाजी ‘ज्येना’

कला साहित्य मनाेरंजन विविध

कबिताः ११ जुलाई, २०२० !

तपाईंलाई लाग्ला तपाईंको,
मलाई लाग्ला मेरो,
साथी हो,
हामी हाम्रो oxymetholone injections for sale discover how to नाक नफुलाऊ, किनकिः
वास्तवमा भन्ने हो भनेः
यो देश फलानो र ढिस्कानोको नभई
अभियुक्तै अभियुक्तको देश हो
आजतक उनीहरूकै स्वर्ग हो ।


अभियुक्त —
कोही चेलीबेटी बेचबिखनको
कोही बहुविवाहको
कोही मानव–तस्करीको
कोही राजस्व छलुवाको ।


अभियुक्त पर्वको —
कोही कोतको
कोही भण्डारखालको
अभियुक्त आयोगको—
कोही मल्लिकको
कोही रायमाझीको


अभियुक्त काण्डको —
कोही पिस्करको
कोही छिन्ताङको
कोही होलेरीको ।
कोही कार्पेटको
कोही डलरको
कोही भैंसीको ।


अभियुक्त बेचबिखनको –
कोही मूर्तिको
कोही नारायणहिटी दर्वारको
कोही कोसीको
कोही गण्डकीको
कोही टनकपुरको ।


अभियुक्त चुपचाप सहनेको
रैतिको,
विशेषगरी अन्धविश्वासीहरूको
अझ हिन्दी चलचित्र आशक्तहरूको
अनि पालो आउछ ३३ कोटी देवीदेवताको
मुख्यतया विदेशी पुजारी तथा पशुपतिनाथको
जसले आम नेपाली जनतालाई
‘पशु’ तुल्याइ ‘नाथ‘ भने आफूलाई ।