रञ्जन कोइराला छुटेपछि सांसदहरुको प्रश्नः ‘न्याय मरेकै हो त सरकार ?’

नेपाल समाचार

शेयर गर्नु होस ।

विराटनगर / श्रीमतीका ह,त्या रा सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइराला जेलमुक्त भएपछि प्रदेश १ का सांसदहरुले आपत्ति जनाएका छन्।

शुक्रबार विराटनगरस्थित प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा उदयपुरकी प्रदेशसभा सदस्य अम्बिका थापाले श्रीमतीका ह,त्या रा जेलबाट मुक्त हुनुले न्यायप्रति प्रश्न उठेको बताइन्। शून्य समयमा बोल्दै थापाले ‘न्याय मरेकै हो त’ भनेर प्रश्न गरेकी थिइन्।

आफ्नै श्रीमती गीता ढकालको ह,त्या गरेको आरोपमा सर्वस्वसहित कैद सजाय फैसला सुनाएको कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले छुटकारा दिनु आपत्तिजनक भएको थापाले उल्लेख गरिन्।

न्यायालयको आदेशप्रति थापाले भनिन्, ‘आफ्नै श्रीमतीको ह,त्या गर्ने र आफै मृत्यु भएको भन्दैमा कोइरालाले छुटकारा पाउनु कहाँको न्याय हो?’

प्रदेश सभासदस्य थापाले श्रीमती ह,त्या गरेर हात हल्लाउदै बाहिरिएका सशस्त्रका पूर्व डिआइजी कोइरालाप्रतिको अदालती निर्णय पुनरावलोकन गर्न प्रदेशसभा मार्फत अपिल गरेकी थिइन्।

यसैगरि, नेकपा धनकुटाकी प्रदेशसभा सदस्य कुशुम श्रेष्ठले ह,त्या रा कोइरालालाई छुटाउनका लागि गरिएको प्रपञ्च र नाटकप्रति घोर विरोध गर्न चाहेको बताइन् ।

उनले भनिन्, ‘८ वर्षमा कैदबाट मुक्त गराउने फैसला, कुतर्कप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु।’

नारीमाथि घटना घटिरहँदा अदालतको फैसला र उन्मुक्तिले घटनाका दोषीलाई मुलुकको अहिलेको कानून र फैसलाले थप हौसला प्रदान हुने श्रेष्ठको भनाई छ।

अदालतबाट न्याय भन्दा पनि अन्यायले प्रश्रय पाउने गरि परिदृष्य थपिँदै गएको खण्डमा अझ यस्ता घटन सक्नेतर्फ सचेत रहन श्रेष्ठले सभालाई आग्रह गरेकी थिइन्।

अहिलेको मुद्दाले भोलिका दिनमा थप नजिर स्थापित नगरोस् भन्दै उनले सरकारवादी मुद्दा भएकाले आदेश पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गरेकी थिइन्।

कोइरालाले २०६८ साल पौष २७ मा आफ्नै श्रीमतिको ह,त्या गरेको प्रमाणित भएपछि, जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले सर्वस्वसहितको ज,न्म कै,दको फैसला सुनाएको थियो।