राजदूत हैन देशदूत!

कला साहित्य मनाेरंजन विविध

कबिताः मानकाजी ‘ज्येना’ क्यानडा ।

अब राजदूत हैन देशदूत चाहिएको छ,
किनकि, नेपालमा अब गणतन्त्र आइसकेको छ ।
नाम अनुसारको काम,
र काम अनुसारको नाम ।
यदि गर्ने नै हो भने,
चाहिएको छैन कुनै याने, माने ।।

राजदूतको काम थियो राजा महाराजाको सेवा,
देश भा“डमा जावोस्, खायो आफै मेवा ।
राजपरिवारले देशलाई ठाने आप्mनै पेवा,
देश र रैतिको नाममा कुस्त थुपा¥यो ‘ढेवा‘ ।।

अब राजदूत हैन, देशदूत चाहिएको छ
किनकि, नेपालमा अब द्रुत गति चाहिसकेको छ ।

अब, रैतिको हैन, जनताको हो यो देश,
बदल्नुपरेको छ सबै कार्यदिशा, परिवेश ।
देश र जनताको भलो गर्ने सबै वेश,
‘गुड‘, ‘बेटर‘ हैन ‘बेष्ट‘ बनाउनु छ यो देश ।।

अब, देशदूत खटाऔ विश्वभरि,
नेपाल र नेपालीलाई सेवा गर्ने गरीं ।
नेपालकै नाम जपी सर्वोपरी, सधै“भरि,
काम पनि नेपालकै लागि गरोस् मरीमरी ।।

अब राजदूत हैन देशदूत चाहिएको छ,
किनकि, नेपालमा अब गणतन्त्र आइसकेको छ ।
देशदूत जिन्दावाद, राजदूत मूर्दावाद,
नेपाल र नेपाली जिन्दावाद, वेइमान सरकार मूर्दावाद।।