राजधानीमा शाही युवाकाे उद्घाेष: गणतन्त्रलाई जरैदेखि उखलेर फाल्ने

नेपाल समाचार

काठमाडौं । राजतन्त्रको पुनस्थापनाका लागि सडक आन्दोलन गर्दै आएको शाही युवा संघ नेपालले सातौं स्थापना दिवसको अवसरमा राजधानीमा भव्य कार्यक्र गरेको छ ।

निर्दलिय प्रजातान्त्रिक राजतन्त्र जिन्दावाद भन्दै हजारौं युवाहरुले राजतन्त्रको पक्षमा नाराजुलुस लगाएका थिए । राजसस्था पुनर्स्थापनाको अभियानमा शाही युवा शक्ति, गणतन्त्रलाई जरैदेखि उखलेर फाल्ने र पूर्व राजा ज्ञानेन्द्रलाई श्रीपेच पहिराई छाड्ने शाहि युवा संघ नेपालका अध्यक्ष पशुपति खड्कको उद्घोष थियो ।

यता राजधानीमा गणतन्त्रको विरोध गर्दै राजतन्त्रको पुनस्थापना गरीछाड्ने भन्दै शाही युवा संघले नाराजुलुस र सभा गरेको थियो । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पुगेका पूर्वराजालाई हजारौं युवाहरुले नारा जुलुससहित राजा आउ देश बचाउ भन्दै स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले टाउको उठाउने प्रयत्न नगर्न पूर्वराजालाई चेतावनी दिइरहेकै बेला राजधानीदेखि उनकै गृहजिल्लासम्म पूर्वराजाका पक्षधरहरुले चुनौति दिएका छन् ।

सर्वसाधरणले स्वागत गरेपछि पूर्वराजाले बुधवारेस्थित राम जानकी मन्दिरमा पूजा गरेका थिए । पूजापछि उनले सर्वसाधरणका गुनासा पनि सुनेको बस्नेतले बताए । पूर्व राजा ज्ञानेन्द्र करिब डेढ महिनादेखि झापाको दमकलाई केन्द्रविन्दु बनाएर पूर्वी तराईको भ्रमणमा गरिरहेका छन् ।