राजनीतिमा प्रवेश गरेर भ्रष्टाचारलाई निर्मूल पार्ने महानायक हमालको इच्छा

नेपाल समाचार मनाेरंजन

शेयर गर्नु होस ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले आफू जुनसुकै बेला राजनीतिमा प्रवेश गर्नसक्ने बताएका छन् ।

एक संचारमाध्यम सँगको अन्तरवार्ताका क्रममा महानायक हमालले नेपाली राजनीतिमा प्रवेश गरेर भ्रष्टाचारलाई निर्मूल पार्ने इच्छा रहेको बताएका हुन् ।

भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए। तपाईंको राजनीतिमा आउने सोच छैन? भन्ने प्रश्नमा हमालले भने “सत्यचाहिँ के हो भने म मूलभूत रुपमा कलाकारितामा केही गर्छु भनेर आएको मान्छे हो । कलाकारितामै अझैं केही गर्न बाँकी छ । त्यही भएर राजनीतिमा अहिले नै होमिनुपर्छ जस्तो लाग्दैन । तर जतिखेर पनि राजनीतिमा आउन सक्छु ।”

नेपाली राजनीतिमा लगेर राष्ट्रलाई अझै केही योगदान दिन सक्छु जस्तो लागे आफू अवश्य राजनीतिमा प्रवेश गर्ने उनको भनाइ थियो । आफू राजनीतिमा प्रवेश गर्दाको अवस्थामा चुनावमा भाग लिएर जिते भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए ।

“देशमा अहिले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो। मैले चुनाव जितेको खण्डमा भ्रष्टाचारलाई निर्मूल पार्न कोशिस गर्छु।”, उनले भने ।