“राष्टिय मेलमिलाप नीतिको सान्दर्भिकता – सहमति सहकार्य र एकता” बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न ।

क्यानडा विशेष नेपाल समाचार

जिपि कोइराला फाउन्डेसन क्यानडाको आयोजनामा “राष्टिय मेलमिलाप नीति र आजको सान्दर्भिकता – सहमति सहकार्य र एकता” बिषयक एक दिने भर्चुअल अन्तर्कृया कार्यक्रममा सम्पन्न भयो। कार्यक्रममा नेपाल, क्यानडा लगायत विभिन्न देशहरुबाट उपस्थिती रहेको थियो। प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री मा. डा. शशांक कोईराला, बिशिष्ठ अतिथि पूर्व उप-प्रधानमन्त्री तथा जि पि कोईराला फाउन्डेसनका केन्द्रिय अध्यक्ष मा. सुजाता कोईराला, विशिष्ठ अतिथि पूर्व मन्त्री तथा ने. का. केन्द्रिय सदस्य एवम् सचेतक मा.बालकृष्ण खाँण, पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाका राजनैतिक सल्लाहकार शम्भु धमला लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शम्भु धमलाले आजको अबस्थामा मेलमिलापको निति भनेको अमेलमिलापको निति जस्तै बनेको देश देखी बिदेशसम्म जहाँ पनि प्रजातान्त्रिक बिचारकहरुको अमेलका कारण ठुलो सम्स्या बनेको अब केन्द्रले हस्तक्षेप गरेर पनि मेलमिलापको नितिको सार्थकता सिद्ध गराउनु पर्ने आशय व्यक्त गर्नु भयो भने बाल कृष्ण खाडले असाध्यै सार्थक र भबिष्यमा कांग्रेसले गर्नु पर्ने कार्यको सम्बन्धमा विस्तार गर्नु भएको थियो । उहाँले दुनियाँमा हराउदै गएको बामपंथी आन्दोलन नेपालमा संरक्षित प्राणिको रुपमा संरक्षण भै रहेको चर्चा गर्नु भयो।

कार्यक्रममा उपस्तिथित सबै अतिथिहरुले कांग्रेसले बिपिको मेलमिलापको निति बिर्सनु नै कांग्रेसको लागी घातक सिद्ध भै सकेको सन्दर्भ व्यक्त गर्नु भयो र भबिष्यमा मेलमिलाप नितिको आबस्यक्ता र सान्दर्भिकको बारेमा हरेक कांग्रेस हरेक प्रजातान्त्रिक ब्यक्ति सचेत हुनु पर्ने सुझाव दिनु भयो।


कार्यक्रम जिपि कोइराला फाउन्डेसन क्यानडाका सभापति तुल्सी पौडेलको सभापतित्वमा संचालन भएको थियो भने  स्वागत  मन्तब्य ज्ञान गौतमले राख्नु भएको थियो। कार्यक्रम जिपि कोइराला फाउन्डेसन क्यानडाका महामन्त्री बिध्या भुषण कार्कीले संचालन गर्नु भएको थियो।

( हाम्रो सर्भरमा आएको प्राबिधिक समस्या तथा असाबधानीका कारण हाम्रा पूर्व प्रकाशित केहि समाचारहरु अदृश्य हुन पुगेकामा हामी क्षमाप्रार्थी छौ । -सम्पादन मण्डल)