राष्ट्रकवि माधव घिमिरेको १३ दिनको पुण्य तिथिमा नेपाली साहित्य समाज क्यानाडाको भर्चुअल कवि गोष्ठी !

कला साहित्य विविध

एम खबर डेस्क, क्यानाडा। ३० अगस्ट २०२०। शताब्दी पुरुष राष्ट्रकवि माधव घिमिरेको १३ औं दिनको पुण्य तिथिमा नेपाली साहित्य समाज क्यानाडाले भर्चुअल कवि गोष्ठीको आयोजना गरेको छ।

कोरोनाको प्रकोपपछी भर्चुअल rexobol 50 रुपमा कवि गोष्ठी गर्दै आएको समाजको आइतबार साँझ आयोजित भर्चुअल कवि गोष्ठीको सातौं शृङ्खला राष्टकवि घिमिरेमा समर्पित गरिएको थियो।  

नेपाली साहित्य समाज क्यानाडाका महासचिव खेम गुरागाईले गोष्ठीको सुरुवात गर्दै राष्ट्रकवि माधव घिमिरेको निधन प्रति गहिरो दुख ब्यक्त गर्नु भएको थियो र कविवर घिमिरेको निधन प्रती समाजका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो। 

समाजका अध्यक्ष रबिन थपलियाले सदा झैँ यस पटक पनि गोष्ठीमा सहभागी सबै स्रष्टाहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो। आफ्नो स्वागत मन्तव्यको क्रममा वहाँले नेपाली साहित्यिक इतिहासमा एउटा युग बोकेको साहित्यिक धरोहर राष्ट्रकवि घिमिरेको महाप्रस्थानले नेपाली साहित्यको फाँटमा अपुरणिय क्षती पुगेको र वहाँको अनुपस्थिती सदैब खड्कीरहने बताउनु भयो। अध्यक्ष थपलियाले कविवरमा श्रद्धाञ्जली स्वरुप आ-आफ्नो रचना सुनाउने क्रममा कविवर घिमिरेको रचनाबाट केही अंश सुनाउनु हुन सहभागी स्रष्टाहरुलाई अनुरोध पनि गर्नु भएको थियो।   

भर्चुअल कवि गोष्ठीमा सहभागीता जनाउने र कविता वाचन गर्नेहरुमा अनुजा घिमिरे, कुसुम ज्ञवाली, रेखाकिरण पौडेल, शर्मिला पौडेल, गोपीकृष्ण काफ्ले, राजेन्द्र कार्की, डा गोबिन्दसिंह रावत, जयराम सिम्खडा, मनकाजी जेना, सवी बिष्ट थापा, मुक्ती गौतम, खेम गुरागाई, रबिन थपलिया, सुदर्शन पौडेल, मञ्जु आचार्य, मोहन खरेल, बिष्णु पंगेनी, पुण्यसागर मरहट्टा, ऋषिराज दाहाल, अनुप न्यौपाने, राधा अर्याल लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो। 

गोष्ठीमा स्रष्टाहरुले आ-आफ्ना सृजनाका अलावा राष्टकवि घिमिरेको कविता पनि बाचन गरेर सुनाउनु भएको थियो। कवि गोष्ठीको आगामी शृङ्खला सेप्टेम्बर महिनाको अन्तिम आईतवारका दिन हुने जानकारी समाजका अध्यक्ष रबिन थपलियाले गराउनु भएको छ।