राष्ट्रपतिको मेरो सरकार! कसले के भने !

नेपाल समाचार

शेयर गर्नु होस ।

Tara Nath Dahal@tndahal7

श्री ५ को सरकार हुँदा पो राजाले “मेरो सरकार” भन्थे।
त्यसको नक्कल गरेर राष्टपतिले नेपाल सरकारलाई “मेरो सरकार” भनेको सुहाएन।

सार्बभौमसत्ता कहाँ छ? नेपाली नागरिकमा कि राष्ट्रपतिमा ?

बिचरा हाम्रो गणतन्त्र !!

Rabindra Mishra@RabindraMishra

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर-जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ। यो राष्ट्रपतिको सरकार होइन। नेपाली जनताको सरकार हो। संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख छ।

bhusan dahal@DahalTbd

कृपया मलाई मेरो अनभिज्ञता बाट मुक्त गरिदिनु होला जानकार हरु;
संसदमा सं राष्ट्रपति को सम्बोधन सुन्दै छु
“मेरो सरकार” भन्दै हुनुहुन्छ
यो पदावलीको प्रयोग सहि छ??

Gagan Thapa@thapagk

म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?