राष्ट्रपति ट्रंप विरुद्धको महाभियोग प्रस्ताव संसदको तल्लो सदनबाट पारित

विश्व समाचार

एम खबर डेस्क, क्यानाडा। जनवरी १३,२०२०। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप विरुद्धको महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेज़ेन्टेटिव्सबाट पारित भएको छ।

अब माथिल्लो सदन सीनेटमा उक्त आरोप सम्बन्धमा ट्रायल हुनेछ।  ट्रंपलाई केही हप्ता अघि आफ्नो समर्थकहरुलाई कैपिटल हिल अर्थात् अमेरिकी संसद परिसरमा हमला गर्न उक्साएको आरोप लागेको छ जसलाई हाल तल्लो  सदनले पास गरेको अबस्था छ।

बुधवारको वोटिंग पश्चात् ट्रंप नै त्यस्ता पहिलो राष्ट्रपति हुन पुगे जसमाथी एउटै कार्यकालमा दुई पटक महाभियोग चलाईयो। ट्रंपलाई दोषी ठहर्याउन र महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा दुई तिहाईको बहुमत चाहिन्छ। जसको अर्थ ट्रम्प कै पार्टी रिपब्लिकनका कम से कम १७ सांसदले बिद्रोह गर्नु पर्ने हुन्छ। महाअभियोग विरुद्धको ट्रायल आयोजना गर्न कुनै समय-सीमाको जरुरत त पर्दैन तर २० जनवरी भन्दा अगावै त्यसको छिनिफानो हुने संभावना देखिदैन।

२० जनवरीमा निर्वाचन जितेका बाइडनले राष्ट्रपतिको शपथ ग्रहण गर्ने हुनाले ट्रम्प विरुद्धको महाअभियोगको टुंगो लाग्ने स्थिती त छैन तर त्यसले अमेरिकी राजनीतिमा दुरगामी प्रभाव भने पार्ने छ।