रुकुम घटनामा बेपत्ता भएका गोविन्द शाहीको दाँत भाँचिएको र टाउको फुटेको अवस्थामा शव फेला

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा १० दिन अघि भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ का १९ वर्षीय गोविन्द शाहीको शव मंगलबार फेला परेको छ ।

यही जेठ १० गते भएको घटना बेपत्ता भएका उनको शव भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि शाहीको शवलाई जाजरकोट अस्पताल लगिएको छ ।

मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको स्थानीयहरुले बताएका छन् । सो घटनामा नवराज विक, शाहीसहित ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

जाजरकोटबाट नवराज विककी प्रेमिका भगाउन सोती पुगेका उनीसहित १९ जनालाई स्थानीयले आक्रमणगरेको आरोप लागेको छ । सो घटनामा प्रहरीले भेरी नगरपालिका ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।