रेल तानेर बिश्व रेकर्ड

मनाेरंजन

बिश्वमा यस्ता धेरै मानिसहरु छन् जसले धेरै अनौठो कार्य गरेर सबैलाई चकित पारेका छन् । यस्तै रुसका एक ब्यक्तिले पत्याउनै मुस्किल पर्ने कार्य गरेर बिश्व रेकर्ड राखेका छन् । रुसका ३४ वर्षीय इवान सैकिन नाम गरेका उनले २१८ वजनको रेललाई तानेर विश्व रेकर्ड बनाएका हुन् । उनले रेल व्लादिभोस्तोक शहरमा २१८ वजनको रेल तानेको बताइएको छ ।

उनले रेल तान्दा त्यहा देख्ने सबै चकित परी हेरिरहेका थिए । धेरै वजनको रेल तानेर बिश्व रेकर्ड राख्न सफल उनलाई रुसमा ह्युमन माउन्टेन नामले पनि चिनिन्छ । उनले बिश्व रेकर्ड राख्न एक बर्षदेखी यसको तयारी गरिरहेका थिए । खासमा उनले आफ्नी श्रीमतीलाई प्रभावित पार्न उक्त रेकडए राखेबो बताइएको छ । उनको अर्को लक्ष्य १२ हजार टनको पानी जहाज तान्ने रहेको पनि रहेको जनाइएको छ ।