लकडाउनलाई नकडाउन: आज बाट बजार खुल्ने ब्यबसायीहरूकाे घाेषणा ।

नेपाल समाचार

एमखबर सम्वाददाता, काठमाडाैं। ३ जून २०२०। भनिन्छ अति गरेपछि खती हुन्छ। सरकार कोरोनाको संत्रास देखाएर आम जनतामाथी लकडाउन मात्र थोपरी रहने र पीडित जनता, उधोगी व्यावसायीहरुलाई न राहत न सहुलियत त्यसै भोकभोकै डल्याउन तिर मात्रै लागिरहने गैरजिम्मेवारपूर्ण व्यवहार देखाएपछि त्यसबाट आजित व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने निर्णय गरेका छन्। 

सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको अवस्थामा अन्य कुनै बिकल्प शेष नबचेकाले व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नै नरहने भन्दै यस्तो निर्णयमा पुगेको व्यावसायीहरुको ठहर छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।

बुधबार बसेको महासंघको बैठकले भोलि जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । महासंघले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको छ । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिएका छ्न्। 

त्यसरी ब्यबसाय सुचारु गर्दा बिश्व स्वास्थ संगठन र नेपाल सरकारले तोके झैं निश्चित सामाजिक दूरी कायम गर्ने र मास्क र स्यानिटाइजरको प्रयोग गरिने महासंघले जनाएको छ।