लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि आजदेखि सशस्त्रको बिओपी (तस्वीरमा हेर्नुस )

नेपाल समाचार

लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबारदेखि सशस्त्र प्रहरी बलको टोली खटिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले विरोध भइरहेको छ।

सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी छन्।

सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज पुगेको हो।

FacebookTwitterFacebook MessengerWhatsAppLinkedInShare