लोकप्रिय गायक बुद्धिसागर बस्यालको तीज गीत ‘चस्मा लाएर’ सार्वजनिक

क्यानडा विशेष मनाेरंजन

शेयर गर्नु होस ।

एमखबर डेस्क, क्यानाडा। ०२ अगस्ट २०२०। लोक तथा दोहोरी गायक बुद्धिसागर बस्यालको तीज गीत ‘चस्मा लाएर’ सार्वजनिक भएको छ।

गायककार बस्याल कै शब्द तथा स्वर रहेको यस गीतमा सत्कर्मको संगीत रहेको छ ।

लामो समयदेखि क्यानाडामा स्थायी बसोबास गर्दै आएका गायक बस्यालले अहिलेको समसामयिक बिषय नोबल कोरोना भाईरसलाई आफ्नो गीतमा प्रस्तुत गरेका छन्।

गायक बस्यालको यस अघिका ‘बाजेका पालामा मोहोरपाथी नुन’, ‘डाँफे नाचेर’, ‘छमछम पाउजुले’, ‘मुरलीको धुन’ ‘परेली’ लगाएतका थुप्रै लोकप्रिय गीतहरुले जस्तै यस पटकको तीज गीत “चश्मा लाएर” ले पनि दर्शक तथा श्रोताहरुको मन जित्ने अपेक्षा गरिएको छ।

विवेक खड्काले निर्देशन गरेको यस गीतको भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ ।