लोयड अस्टिन बने अफ्रिकन मूलका पहिलो अमेरिकी रक्षा मन्त्री

Breaking विश्व समाचार

एम खबर डेस्क, क्यानाडा। जनवरी २३, २०२१। अमेरिकाको अठ्ठाईसौं रक्षा मंत्रीको रुपमा जनरल लोयड अस्टिनले कार्यभार सम्हाल्ने भएका छ्न्। पेन्टागन पुगेर त्यसरी शीर्ष पद सम्हाल्ने उनी पहिलो अफ्रीकी अमेरिकी व्यक्ति हुन्न्।

नव नियुक्त रक्षामन्त्री अस्टिनलाई अर्को साता उप राष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहण गराउँदै छिन्। अस्टिनको रक्षामन्त्रीराष्ट्रपति नियुक्ति संगै रास्ट्रपति जोन वाईडनले अमेरिकी सीनेटलाई धन्यवाद ज्ञापन गरेका छ्न्।

बिज्ञापनः

आफू रक्षामन्त्रीमा नियुक्त भए संगै अस्टिनले एक ट्विट गरेका छ्न् र रक्षा मंत्रीको रुपमा अमेरिकाको सेवा गर्न पाउनु आफ्नालागी गौरको विषय भएको बताएका छ्न्।

अस्टिनले अमेरिकी सेनामा सेवा गरेका थिए र सन् २०१६ मा उनी चार तारे जर्नेलबाट सेवा निबृत भएका थिए। 

भारतिय मूलकी उप रास्ट्रपति र अफ्रिकी मूलका अश्वेत रक्षामन्त्रीको नियुक्तिले बाईडेन नेतृत्वको नव गठित अमेरिकी सरकारले अमेरिकालाई नाम अनुसार नै “युनाइटेड अमेरिका” बनाउने छ भन्ने संकेत गरेको छ।