वामदेवलाई खुशी पार्न वामदेव पत्नी तुलसा थापालाई मन्त्री

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं, २३ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्न सर्वोच्च अदालतको अन्तरिम आदेशले दिदैन । उनीविरुद्ध परेको मुद्दामा संवैधानिक इजलाश गठन भएकोले किनारा नलागेसम्म मन्त्री बन्न पाउनेछैनन् । किनारा लाग्दा पनि उनको पक्षमा फैसला हुने छाँटकाँट छैन ।

वामदेव मन्त्री बन्ने सम्भावना कमजोर हुँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ता बालुवाटार डाकेर एक घन्टा छलफल गरेका थिए । छलफलमा मन्त्रीमण्डल पुर्नगठनको विषय थियो । वामदेव अब मन्त्री बन्न नपाउने निश्चित भएपछि तुलसा थापा मन्त्री बन्ने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही तयारी गरेका छन् । अब बन्ने मन्त्रीको सूचीमा तुलसा थापाको पनि नाम छ । वामदेव पत्नी तुलसा समानुपातिकतर्फकी सांसद हुन् ।

तुलसालाई राम्रै मन्त्रालय दिने तयारी समेत भएको छ । सम्भवत उनले विकासे मन्त्रालय पाउनेछिन् । तुलसालाई मन्त्री बनाएपछि वामदेव पनि खुशी हुने ओलीको ठम्याई रहेको बुझिएको छ ।

यसैगरी, हिजो प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच मन्त्री क कसलाई बनाउने भन्नेबारे छलफल भएको छ । छलफलमा ओलीले प्रचण्डबाट प्रस्तुत नामप्रति असन्तुष्टि जनाएका छन् । प्रचण्डको कोटाबाट पनि उनकै रोजाइको परुन् भन्ने ओली पक्षको चाहना रहेको छ ।