वामदेव उपप्रधानमन्त्री , शितल निवासमा परामर्श

नेपाल समाचार राजनीति

नेकपामा देखिएको लामो रस्साकस्सीका बीच पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री बनाउने तयारी गरिरहेको खुलासा भएको छ ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री बन्न प्रधानमन्त्रीले आग्रह गरेको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारीअनुसार नेकपाले यसअघि गरेको सिफारिसअनुसार गौतमलाई राष्ट्रियसभामा लैजाने र उपप्रधानमन्त्री तत्कालै बनाउने प्रधानमन्त्रीको प्रस्ताव थियो ।

त्यसैकालागी प्रधानमन्त्री ओली बैठकअगाडी नै राष्ट्रपति निवासमा पुगेर परामर्श गरेको दाबी गरिएको छ ।

नेता गौतमले भने सबैभन्दा पहिला पार्टीका दुवै अध्यक्ष मिल्न र मिलेर, छलफल गरेर संयुक्त प्रस्ताव ल्याउन आग्रह गरेको स्रोतले जानकारी दियो ।