वालमार्ट, मेट्रो र लबलजद्वारा कोरोना प्रोत्साहन भत्ता कटौतीको घोषणा !

क्यानडा विशेष साप्ताहिक समाचार

एमखबर डेस्क, क्यानाडा। १४ जून २०२०। कोरोनाको प्रकोप चुलिएको बेला स्टोर तथा सम्बन्धित वयर हाउसहरूमा काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्रतिघन्टा अतिरिक्त दुई डलर पारश्रमिक दिँदै आएका क्यानाडाका चर्चित ग्रोसरी तथा सप्लाइ चेन लबलज, मेट्रो र वालमार्टले त्यो सुबिधालाई कटौती गरेका छ्न्।

कोरोना संक्रमणको दर दिनानुदिन घट्दै गएको र अर्थब्यबस्था बिस्तारै खुल्दै गरेकोले क्यानाडाको जनजीवन सामान्य बन्दै गएको ठहर गर्दै उनीहरुले उक्त अतिरिक्त प्रोत्साहन भत्ता हटाउने निर्णय लिएकाे बताइएकाे छ ।

वालमार्टले दुई डलरको अतिरिक्त प्रोत्साहन भत्ता कटौती गरिएतापनी आफ्ना कर्मचारीहरुलाई टेली- स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य सहायता र परामर्शलाई भने निरन्तर रुपमा दिँदै जाने बताएको छ। साथै, आफ्ना सबै legal mesterolone online in uk exercises to gain कर्मचारीहरुलाई वालमार्टका स्टोरहरुमा खरिद गर्दा दिदै आएको दश प्रतिशत छुटलाइ यहि जुन २९, जुलाइ १३ र अगष्ट १० का दिन सबै सामानमा २० प्रतिशत छुट दिने जनाएको छ।

याे समाचार तयार पार्दा सम्म क्यानडामा ९८ हजार ४१० संक्रमित भएका छन् भने ८ हजार १ सय सात काे मृत्यु भएकाे छ । संक्रमित मध्ये ५९ हजार ३५४ जना निकाे भएर घर फर्केका छन् । क्यानडामा काेभिड १९ बाट केहि नेपालीहरू पनि संक्रमित भएका छन् तर यकिन तथ्यांक भने कसैसंग छैन ।