विचौलियाले पार्टी कब्जा गरे,घनश्याम भुसाल नै नेतृत्वमा आए पनि केही हुँदैन : रामकुमारी झाँक्री

अन्तरवार्ता

शेयर गर्नु होस ।

नेकपा केन्द्रीय सदस्य हुन्– रामकुमारी झाँक्री । उनी सडक आन्दोलनबाट स्थापित भएकी युवा नेतृ हुन् । ०६३ को जनआन्दोलनका बेला अनेरास्ववियूकी अध्यक्ष थिइन् । अहिले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा सदस्य र अर्थ समितिकी सदस्य पनि हुन् ।

सत्तारुढ नेकपाको शीर्षतहमा पद र प्रतिष्ठाको द्व,न्द्व तीव्र छ । यसै लडाइँका कारण फूटको संघारमा पुगेको नेकपाले पुनः एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । युवानेतृ झाँक्री यसलाई अस्थायी युद्धविरामको संज्ञा दिन्छिन् । नेतृत्वप्रति कुनै आशा बाँकी नरहेको बताउने उनी शीर्ष नेतृत्वले विश्वास गुमाइसकेको बताउँछिन् ।

नेकपाले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । उनी महाधिवेशनले पार्टीको गन्तव्य तय गर्न विचारमा स्पष्टता र त्यही अनुसारको नेतृत्व चुन्नुपर्ने बताउँछिन् ।

पार्टी दलाल पूँजीवादको कब्जामा परेको र नेतृत्व पैसादेखि पैसासम्मको गोलचक्करमा फसेको प्रष्ट बताउने उनले नयाँ पुस्तालाई नेतृत्व दाबी गर्न आह्वान पनि गरिन् । सत्ता–शक्तिको होडमा फसेको नेकपाको आगामी महाधिवेशन, यसले तय गर्नुपर्ने मार्ग र नेतृत्वमा केन्द्रित भएर नेकपा नेतृ रामकुमारी झाँक्रीसँग लिएको अन्तर्वार्ता :

पार्टी फुट्छ भनिएको नेकपा विवाद आश्चर्यजनक ढंगले अन्त्य भयो । फुट्न सक्ने तहको विवादको कारण केवल पद र शक्तिमाथिको आधिपत्यबाहेक अरु केही थिएन । तपाईं पनि नेकपाको केन्द्रीय सदस्य, यसलाई कसरी हेर्नुभएको छ ?

पार्टी दुई कारणले फुट्छ– एउटा, एकदमै ठूलो सैद्धान्तिक विषय चाहिन्छ । सिद्धान्त, विचार, कार्यक्रमले त्यस्तो पार्टीमा सम्झौता गरेर बसेर क्रान्तिको अविभारा पूरा गर्न सकिन्न भन्ने जब निष्कर्ष निस्कन्छ, त्यस्तो पार्टीमा बसिरहनु हुन्न । अनि पार्टी फुट्छ ।

अर्को, चरम व्यक्तिवाद भयो भने पार्टी फुट्छ । ०५४ सालमा मुद्दाले फुटेको थियो– पार्टी (एमाले) । हामी फुटेको पार्टीतिर लाग्यौँ । यो बेला चरम व्यक्तिवाद छ ।

पार्टी फुट्नसक्छ भन्ने शंका हामीलाई पनि लागेको थियो । मलाई फुटि चाहिँ हाल्दैन भन्ने किन लाग्थ्यो भने नयाँ बनाउनसक्ने सामथ्र्य फुटाउनेसँग छैन । जो–जो पात्रले फुटाउँछन् भन्ने अनुमान गरिएको थियो, उहाँहरुको इच्छा, रुचि, चाहना, तत्परताले पार्टी बनाउनसक्ने सामथ्र्य राख्दैनथ्यो । त्यसैले मलाई पार्टी फुट्दैन भन्ने नै लाग्थ्यो ।

कि सबै एकै डुङ्गामा सवार छौँ, सँगै डुब्छौँ भन्ने लागेर नफुटेको हो ? फुट्दा त त्यसपछि बन्ने दुवै पार्टी सँगसँगै बिलाउने खतरा पो महसुस गरे कि नेताहरुले ?

मलाई भएन भने तँलाई पनि हुन्न भनेर पोखिने स्थिति थियो त्यो । एउटा ‘डमी’ पार्टी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) दर्ता भएको, उदाउँदो सूर्यलाई चुनाव चिन्ह बनाएको, एउटा गैरसरकारी संस्थामार्फत् पार्टीका वडासम्म समानान्तर कमिटी गठन गरेको अवस्था छ ।

अब आ–आफू गरिखाऊँ भनेर गयो भने पार्टी फुट्न सक्छ । यो ध्वंशका लागि पार्टी फुट्न सक्छ भनेर हामी अलि सचेत थियौँ । पार्टी नफुट्नका लागि उहाँहरुले आफ्नो स्वार्थको व्यवस्थापन गर्नुभएको छ ।

पार्टी फुट्ने तहसम्मै त नजाला । नेताहरुको कुरा सुन्दा कुनै ‘साइड’ को कुरा पनि धेरै कन्भिन्सिङ लाग्दैन । उहाँहरुभन्दा हामीले नै अलि फरक ढंगले सोच्छौँ जस्तो लाग्छ । जे भए पनि अहिलेलाई यो टरेर गएको छ ।

यो यु,द्धविराम मात्रै हो कि दिगो होला त अहिलेको एकता ?

सहमतिमा पार्टी सञ्चालन गर्ने, नेताको नामबाट समानान्तर गुटका गतिविधि नगर्ने भनेर स्थायी कमिटी बैठकले जेजति निर्णय गरेको छ, त्यसले जारी गरेको ‘अपानि’ (अन्तर–पार्टी निर्देशन) पार्टी सदस्यसम्म नपुग्दै सहमतिमा आयोजना गरेको सचिवालय बैठकै सारियो ।

नेताका नामबाट समानान्तर गतिविधि नगर्ने भनिएको छ, मदन भण्डारी फाउण्डेसनका नाममा सप्ताहव्यापी संविधान दिवश मनाउने काम भइरहेको छ । त्यो गुटगत गतिविधि नै भइहाल्यो । एउटा गैरसरकारी संस्थामा सबै मान्छे हुने कुरा भएन ।

त्यसपछाडि नियुक्तिलगायत सबै सहमतिमा गर्ने भनिएको छ । उहाँहरुको स्वार्थको व्यवस्थापनको कुरा हो । मलाई त्यस्ता नियुक्तिमा कुनै रुचि छैन । त्यो पनि उहाँहरु एकलौटी नै गरिरहनुभएको छ ।

सहमति गर्ने केका लागि त भन्दा उल्लङ्घनका लागि भन्ने भएको छ । हाम्रो नेतृत्व मण्डलले जनताबीच विश्वसनीयता गुमाउनुभएको छ। यसरी विश्वसनीयता गुमाए राजनीतिमा रहिरहिन्छ भन्ने कुरा मलाई ताजुब लाग्छ ।

नौ लाख सदस्यको पार्टी नेकपा, नौ जनाको सचिवालय मात्रै सर्वेसर्वा छ । अरु कुनै पनि कमिटी नै सक्रिय छैन ?

प्राविधिक रुपमा उहाँहरुले ‘होल्ड’ गर्नुभएको हो । उहाँहरुप्रति त्यस्तो विश्वसनीयता छैन । आज पार्टीले के निर्णय गर्छ भन्दा जेसुकै गरोस्, मलाई केही मतलबै छैन । मसँग कुनै आशा नै छैन । कुनै उर्जा नै आउँदैन ।

आज प्रधानमन्त्रीको सम्बोधन छ भन्दा केही उत्साहित गर्दैन । बरु राजाको प्रत्यक्ष शासनका बेला राजाको सम्बोधन आउँछ भन्दा धेरै महत्वपूर्ण लाग्थ्यो ।

हामी उनीविरुद्ध लडिरहेका थियौँ । केही सुधार गरे कि त जस्तो लाग्थ्यो किनभने सडकमा लड्न सजिलो थिएन । केही निकास पो भइहाल्छ कि जस्तो लाग्थ्यो ।

प्रधानमन्त्रीको सम्बोधनले कुनै आशा नै जगाउँदैन । कुरा एकातिर छ, व्यवहार अर्को छ । अहिले स्वार्थको व्यवस्थापन गरेर एउटा यु,द्धविराम भएको छ। आन्तरिक समस्या ज्यूका त्यूँ छन् । अझ डरलाग्दो भएको छ ।

मूलतः विचारधाराको प्रश्न छ । सिद्धान्तको छ । संगठनको छ । कार्यशैलीको छ । प्रवृत्तिको छ । यति धेरै बग्रेल्ती समस्याका चाङलाई माथिबाट सफेद कपडाले ढाकेर हामी सफेद छौँ भनिएको छ।

माघमा केन्द्रीय कमिटी बैठक बस्यो । साह्रै सफल भनिएको थियो । त्यसको निर्णय कार्यान्वयनमै लगिएन । चैतदेखि नयाँ विवाद सुरु गरियो । पार्टी फूटको संघारमा पुगेर फर्किएको छ । के अब शीर्षनेतासँग आशा गर्नै नसकिने अवस्था हो ?

केन्द्रीय कमिटीको बैठक धेरै सफल भएको थियो । बैठक सकिएपछि तुरुन्तै त्यसका निर्णयहरुलाई कार्यान्वयन नगरी असफल बनाउन पार्टी संस्थापनबाट शक्तिशाली संस्थागत प्रयास भयो । त्यसपछि यो हालतमा आएको हो । त्यसदेखि अध्यादेशसम्मका प्रकरणहरु त्यसबाट आउँछ ।

नेतृत्वसँग एकदमै विश्वसनीयता छैन । उहाँहरुले चैतमा महाधिवेशन गर्नुहुन्छ भन्ने मलाई विश्वासै लाग्दैन । गरिहाल्नुभो भने पनि यो संयोग मात्र हुनेछ ।

उहाँहरुले बैठक राखे पनि के निर्णय गर्नुहुन्छ ? निर्णय गरिहाले पनि के कार्यान्वयन गर्नुहुन्छ ? आखिर निर्णयको कपी एकातिर, कार्यान्वयन अर्कातिर भएपछि ? नेतृत्वप्रति यति धेरै अविश्वास भएको यस्तो संकट मलाई थाहा थिएन ।

नेतृत्वप्रति आशा हुन्थ्यो । नेतृत्वले उठेर बोलेपछि सम्बोधन भयो भन्ने हुन्थ्यो । अहिले चाहिँ छैन ।

सचिवालयका नौ जनाको छलफल, छ जनाको कार्यदलको प्रतिवेदनबाट महाधिवेशनमा पुग्ने बाटो नै होइन । हामी महाधिवेशनमा जाने हो भने यहाँभित्रको इञ्जिन अर्कै छ । त्यो इञ्जिनले बटारेर त्यहाँसम्म पुग्ने हो । त्यो इञ्जिन पनि हामीले सही–सलामत राख्नु प¥यो ।

महाधिवेशन सहमतिमा गर्ने भन्नुभएको छ । सहमतिमा गर्ने भनिएको महाधिवेशन अहिलेको नेतृत्वलाई सुरक्षित राख्ने भन्ने त होला नि, हैन ?

सहमतिमा गर्ने भनिएको महाधिवेशनको के अर्थ छ ? खल्तीबाट प्रतिनिधिहरु निकालेर ल्याउने अनि त्यहाँ लगेर सहमतिमा महाधिवेशन गर्नुको के अर्थ हुन्छ ? त्यसको कुनै अर्थ हुँदैन । त्यसले कुनै ‘भाइब्रेसन’ (तरंग) सिर्जना गर्दैन ।

तपाईंको भनाइ अब महाधिवेशनका लागि बहस खुला गरिनुपर्छ । क्षमताका आधारमा महाधिवेशनबाट चुनिएर नेतृत्व चयन गरिनुपर्छ भन्ने हो ?

हामीसँग मुख्यतः विचारधारको मुद्दा छ । हामी कहाँ जाने त ? हामी जाने बाटोमा लानका लागि कस्तो पार्टी चाहिन्छ ? कसले नेतृत्व गर्छ ? त्यसको सदस्य र पार्टी स्वयम् कस्तो हो ? त्यो बनाउने प्रक्रिया कस्तो हो ?

हामी निकै राजनीतिक सैद्धान्तिक विषयबाट जान्छौँ । अहिले नेकपाको जुन मुख्य इञ्जिन छ, त्यो इञ्जिन यसमा रुझान राख्छ । हामी त्यो प्रयत्न गर्दैछौँ ।

त्यसो गर्दा बाहिर समाजमा देखिने पुस्तान्तरणका मुद्दा छन् । एउटा व्यक्तिले कतिपटक उही पदमा जाने भन्ने पनि छन् । थुप्रै मुद्दाहरु त्यहाँ जोडिएर आउँछन् । सतहमा आउने यी मुद्दालाई पनि मुखरित गर्न हामीले इञ्जिन ठीक बनाउनुप¥यो । नट–बल्टु कस्नुपर्‍यो ।

मार्गदर्शक सिद्धान्तका प्रश्न पनि होलान् । अब नेकपाको मार्गदर्शक सिद्धान्त हिजो एमालेले भनेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) वा माओवादी केन्द्रले भन्ने गरेको ‘२१सौँ शताब्दीको जनवाद’ के हुनुपर्छ ?

मैले एउटा अनौपचारिक कार्यक्रममा वामदेव कमरेडको कुरा सुनेँ– जबज मार्गदर्शक सिद्धान्त होइन, त्यो त कार्यक्रम हो, म महाधिवेशनमा ‘डकुमेन्ट’ लान्छु भन्दै हुनुहुन्थ्यो ।

विचारधारको प्रश्नमा कस्तो कार्यक्रम ल्याउने भन्नेमा हामी कस्तो समाज, कस्तो व्यवस्थामा छौँ भन्ने हेर्नुपर्छ । कस्तो व्यवस्थामा कस्तो कार्यक्रम चाहिन्छ भनेर हेर्नुपर्छ । हाम्रो नेताहरु जसले सहमति गर्छन्, उनीहरुले सामाजिक चरित्रको विश्लेषण नगर्ने, त्यो चरित्रलाई बदल्ने कार्यक्रम बोक्ने सिद्धान्त बनाउन प्रयत्न नगर्ने । उहाँहरुले त्यो एउटा धार्मिक ग्रन्थजस्तो सिद्धान्तका पोथ्रालाई बोकेर हिँड्नुभएको छ ।

मूलतः राख्ने चाहिँ ‘जनताको बहुदलीय जनवाद’ वा नौलो जनवाद वा ‘ह्वाट इभर’, हिँड्ने चाहिँ पूरा दक्षिणपन्थी बाटो र पूरापूर निम्न पूँजीवादी चिन्तनको बाटो ! आजको नवउदारवादी कार्यक्रम लागू गर्न हिँड्ने तरिकाबाट हामी कहीँ पुग्दैनौँ । यसले सिर्जना गरेका समस्या हामीले देखेकै छौँ ।

हाम्रो समाज कस्तो छ ? हाम्रा क्रा,न्तिले के–के गरे ? अब परिवर्तन के हो ? अब कसरी जाने ? भन्ने कुरा नै यो समाजको विश्लेषणपछि यो विश्लेषण गरेर जुन चरित्र निर्धारण भएको छ भन्ने हाम्रो जुन ठम्याइ छ, त्यसलाई परिवर्तन गर्नका लागि चाहिने विचार हो । त्यो विचार के नामको हुन्छ ? अहिले नै भनिरहन जरुरी छैन । छलफल भएर निर्धारण गर्न सकिन्छ । त्यो समाजवादी बाटोतर्फै जान्छ ।

अर्को कुरा, ‘जनवाद’ भनिएको पूँजीवादी क्रा,न्तिका लागि जनताको जनवादी क्रा,न्ति गरेको हो । क्रा,न्तिपछि पनि फेरि उही क्रा,न्ति हुँदैन । समाज विकासको नियम पनि ‘युनिलाइनर’ अगाडि बढ्छ । समाज हिजो दासयुग, सामन्ती युग हुँदै यसरी अगाडि बढेको छ । फेरि यो पछाडि फर्कन्न । यो अगाडि जानुपर्छ । दूरदर्शी हुनुपर्छ ।

यो सबलाई टुंग्याउने विचारधारको प्रश्न हो । यो काम चाहिँ आजको नेकपाको इञ्जिनले गर्नुपर्छ । त्यसका लागि हाम्रा साथीभाइहरु मन्त्री वा नियुक्तिमा अल्झिनु भएन ।

नेकपा (एमाले) को नवौँ महाधिवेशनले पास गरेको उमेर ७० वर्ष, पार्टीको कार्यकारी प्रमुखमा दुई कार्यकाल मात्र रहने थियो, जुन खारेज भइसक्यो । प्रधानमन्त्री भइसकेका नेता फेरि कार्यकारी सदस्य भएर फर्कने कि नफर्कने भन्ने जस्ता प्रश्न पनि होलान् ?

विचारधाराले माग गर्छ– एउटा मान्छे कतिचोटी प्रधानमन्त्री केका लागि हुने ? जब विचारको प्रश्न आउँछ भने यो विचार बोक्ने जो भए पनि हुन्छ । एउटा मान्छे कति चोटी पार्टी अध्यक्ष केका लागि हुने ? यो विचार बोक्नुहुन्छ भने त जसले गरे पनि हुन्छ । एउटा मान्छे कतिचोटी सांसद् हुने ? कतिचोटी मन्त्री हुने ? कतिचोटी केन्द्रीय सदस्य हुने ? केका लागि हुने ? अब मानकहरु बन्दै जान्छन् ।

सिद्धान्तको कुरा टुंगो लगायौँ भने बल्ल यो सिद्धान्त बोक्ने मान्छे त ८० वर्षको मोहनचन्द्र अधिकारी आए पनि हुन्छ, सिद्धिलाल सिंह आए पनि हुन्छ अथवा, मभन्दा पछाडिको ‘इनफ इज इनफ’ भन्दै हिँड्ने भाइबहिनीमध्येबाट २५ वर्षका केटाकेटी आए पनि हुन्छ ।

त्यस कारण हामीजस्ता मान्छेको सवाल के हो भने नेताका वरिपरि ऐजेरु लाग्ने होइन, समाजलाई रुपान्तरणको बाटोबाट अलिकति पर यात्रा गर्न विचार चाहियो । त्यो विचारलाई बोक्ने जो पनि नेता हुन्छ । मलाई भन्नुहुन्छ भने त त्यहाँ कुनै उमेर, लिङ्ग, जातजाति, क्षेत्रलाई म प्राथमिकता नै दिन्नँ ।

त्यो कुराका लागि आउने महाधिवेशन त्यो कारणले धेरै महत्वपूर्ण छ । मैले देशैभरिका युवा साथीहरुलाई पनि के भन्दै छु भने मदन भण्डारी नै स्वयम् ३५–३६ वर्षमा महासचिव हुनुभएको थियो । पुष्पलालले २५ वर्षको उमेरमा पार्टी स्थापना गर्नुभएको थियो । अलिकति सामाजिक पारिवारिक व्यावधानरहित एउटा उर्जाशील उमेर समूहकै साथीहरु राजनीतिमा आउनुपर्छ ।

भनेपछि विचारलाई प्रष्ट पार्नुपर्‍यो ? अनि पुस्तान्तरणका लागि नेतृत्वसँग ‘च्यालेञ्ज’ गर्नुप¥यो ?

पुस्तान्तरण गर्नुस्, तपाईंहरु छाड्नुस् भन्दैमा कसैले शक्ति र बैभव छाड्छ ? राजनीति यति निर्मम चिज हो, तपाईं छाड्नुस् भनेर अनुनय गरेर हुँदैन । त्यहाँ रक्तपात गरेर भए पनि बसिराख्छ ।

हामीले छोड्न बाटो बनाइदिनुप¥यो । माथि बसेकालाई त्यहाँ टिक्न नसक्ने वातावरण बनाऊँ न, ती झरिहाल्छन् नि ! यति तीव्र ओरालो लागेको छ, झरिहाल्छ । अड्याउन लागेर उसले झारिदिन्छ र खाउँला भनेर बसिरहेका छौँ । यो दुर्भाग्य हो ।

पार्टीभित्रको त्यत्रो ठूलो शक्ति आज ‘डेडलक’ भएर बसिरहेको छ, पार्टी सञ्चालन नहुँदा, यति धेरै बेथिति हुँदा पनि प्रश्न नउठाउनु, आश गरिएका मान्छेले अरुसँगै आश गरेर तमासा देखाउनु चाहिँ मलाई दुर्भाग्यपूर्ण लाग्छ ।

बुझ्ने गरी भनिदिनुस् न, महाधिवेशनपछिको नेतृत्व सचिवालयभित्रबाटै आउला कि त्योभन्दा तल स्थायी कमिटीसम्म पुग्ला ?

त्यो इञ्जिन सही ढंगले चलेर विचारधारा सही बनायाँै, बाटो सही बनायौँ भने यो सचिवालयले नेतृत्व गर्छ कि नयाँले गर्छ ? हाम्रोजस्तो पुस्तामा आउँछ कि त्यसले कुनै अर्थ राख्दैन ।

अब हामीले दलाल पूँजीवाद, विचौलियावादका विरुद्ध के गर्ने ? पार्टीलाई विचौलियाले कब्जा गरेर थिलोथिलो भएर नचलेको यस्तो अवस्थामा जो नेता आए पनि फरक पर्दैन । घनश्याम भुसाल आए पनि केही हुनेवाला छैन ।

पहिला कहाँ जाने, कस्तो पार्टी बनाउने भन्ने टुंगो नगरी को नेता हुने भन्नुको अर्थै रहन्न । प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ, वामदेव, बादल, नारायणकाजी वा यतिसम्म कि घनश्याम भुसाललाई नै नेता बनाए पनि केही फरक पर्दैन । यो संरचना, थिति यस्तै राख्दै जानुभयो भने केही हुनेवालै छैन । त्यस कारण नेतृत्व नौ जनाले गर्छन् कि कसले गर्छन् भन्ने महत्वपूर्ण होइन ।

चिनियाँ कम्युनिष्ट पार्टीले केही मान्छेलाई पहिलैदेखि योजनाबद्ध ढंगले नेताका रुपमा ‘ग्रुम’ गर्छ । त्यसैले अहिले सी चिनफिङ जस्ता देशलाई महाशक्ति बनाउन दृढ नेता निस्किन्छन् । हाम्रोमा पाँच वर्ष म अध्यक्ष, तिमी प्रधानमन्त्री, फलानो चाहिँ भोलिको नेता भन्ने ढंगका सम्झौता भइसके । यो अवस्थामा महाधिवेशनले तपाईंले भनेजस्तो परिवर्तन गर्न संभव छ ?