विदेशमा रहेका नेपाली उद्दार गर्न कांग्रेसको ‘रेस्क्यु एप’ र वेव सार्वजनिक

नेपाल समाचार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीलाई लक्षित गरी रेस्क्यु एप र वेव सार्वजनिक गरेको छ।

विभिन्न देशमा अप्ठेरोमा परेका नेपालीको अवस्था बुझ्न उक्त एप, वेव सहयोगी हुने कांग्रेसको भनाइ छ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विभिन्न देशमा रहेका नेपालीको वर्तमान अवस्थाबारे उक्त एपले विवरण संकलन गर्नेछ।

कांग्रेसले बुधबार रेक्स्यु एप, वेव सार्वजनिक गरेको हो। संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थिति प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न सरकारलाई सहयोग र दवाव दिने कांग्रेसको तयारी छ।