विद्यार्थीको हात चिर्ने शिक्षिकाको जागिर चट्

नेपाल समाचार

परीक्षामा कम नम्बर ल्याउने विद्यार्थीलाई हात चि र्न लगाउने शिक्षिकालाई जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट निकालेको छ ।

कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चि र्न लगाएकी थिइन् । उक्त घटनाबारे नयाँ पत्रिका दैनिकले समाचार सार्वजनिक गरेको थियो । शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै ब्ले डले हा त चि रेका हुन् ।

विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले परीक्षा लिएकी थिइन् । परीक्षा लिनु अगाडिदेखि नै उनले कम नम्बर ल्याउने विद्यार्थीलाई हात चि र्नु पर्ने ध म्की दिएकी थिइन् । उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन् ।

नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थी आफैंले हात चिर्नु पर्ने भन्दै सजाय दिएकी हुन् । विद्यार्थीले सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चि रेका थिए । २० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्माचार्यको दबाबपछि हात चिरेका हुन् ।

जति कम नम्बर आएको छ उति धेरै हात (नाडिमा) चिरा पारिएको छ । घटना सार्वजनिक भएपछि एकेडेमीले शिक्षिका कर्माचार्यलाई अवकाश दिएको बताएको छ । उनी १२ बर्षदेखि एकेडेमीमा पढाउँदै आएकी थिइन् ।

‘सामाजिक शिक्षा विषयको शिक्षक सीतालक्ष्मी कर्माचार्यले शारिरीक द ण्ड दिएको विद्यार्थी तथा अभिभावकहरूबाट गुनासो आएकोले पुन: यसप्रकारको दण्ड दिने कार्यलाई निरूत्साहित गर्दै शिक्षकबाट द ण्ड रहित शिक्षणको सम्मान गर्दै निज शिक्षक सीता लक्ष्मी कर्माचार्यलाई २०७६/११/२३ गतेदेखि लागू हुने गरी यस विद्यालयको शिक्षक पदबाट अवकाश दिने निर्णय विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको छ,’ प्रिन्सिपल राजनकुमार श्रेष्ठले विज्ञप्ति निकालेर भनेका छन् ।