उद्योगपति एवं नेपाली कांग्रेसका सांसद बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सांसद चौधरीले नै शुक्रबार दिउँसो आफ्नो ट्विटर ह्याडिलबाट आफूमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका छन ।
चौधरीले आफ्नो ट्वीटमा आजै आएको पिसिआर रिपोर्टले आफूलाई कोरोना संक्रमण पुष्टि गरेको उल्लेख गरेका छन ।
पीसीआर रिपोर्ट पोजेटिभ भए पनि आफूलाई संक्रमणको कुनै पनि लक्षण नदेखिएको उनले बताएका छन । चिकित्सकको सल्लाहअनुसार आफूलाई आइसोलेट गरिसकेको उनले उल्लेख गरेका छन ।