विन्डसरमा रक्तदान ।

community Events क्यानडा विशेष स्वास्थ्य

शेयर गर्नु होस ।

एमखवर क्यानडा । कॊभिड–१९ ले जॊखिममा रहेका धेरै मानिसहरूलाई संकटतर्फ धकेलिरहेकॊ समयमा पनि क्यानाडामा केन्द्रीय रूपमा दर्ता भएकॊ एक गैर नाफामूलक सामाजिक संस्था सिमाबिहीन सहयॊगी हातहरूले बुद्द जयन्तीकाे अबसर पारेर आइतवार  ओन्टारियो को  विन्डसोर सहरमा विन्डसोर ब्लड सेन्टर संग साझेदारी गरि सिमाबिहीन सहयॊगी हातहरूको संयोजन तथा विन्डसोर भूट्निज  नेपाली समुदायको  संयुक्त  आयोजनामा रक्तदान कार्येक्रम सम्पन्न गरेको छ । सेबा नै धर्म हो भन्ने भाबना लाई सिरोपर गर्दै समाज सेवामा तल्लीन भैरहेकाे हेल्पिंग ह्ययान्डकाे संयोजनमा भएकाे उक्त रक्त दान कार्यक्रममा  २६ जनाले नाम दर्ता गराएकोमा ३०  जनाले रक्त दान गर्नु भएको थियो ।

क्यानेडियन रक्त सन्चार विन्डसोर कि बस्थापक मेरी विल्सले नेपाली समूदायले हेल्पिगं ह्यान्ड विथ आउट बोर्डेर्स (सिमाबिहीन सहयॊगी हातहरूमार्फत कोभिड महामारीका बिच पनि रक्त दान गरेर समाज सेवामा ठूलो योगदान गरेर पुण्य कमाएको बताउनु  भयो । साथै उहांले भविष्यमा पनि क्यानडाको स्वास्थ्य क्षेत्रमा संथाको सहयोगको अपेक्षा  गर्दै सिमाबिहीन सहयॊगी हातहरू मार्फत साझेदारी गर्दै जान सकिने कुरामा जोड दिनुभएको थियो ।  कार्यक्रमलाइ विन्डसर स्थित हाक्का खजाना र एभरेष्ट रियल्टिले सहयाेग गरेका छन् ।

कार्यक्रम विन्डसर सहरका ब्यबसायी तथा समाज सेवी दिनेश सिंह मल्लको सक्रियतामा सम्पन्न भएको थियो भने उहांलेनै कार्यक्रमको अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई संथाको तर्फबाट धन्यवाद दिनु भएको थियो ।