विभेद नेपालमा मात्र होइन अमेरिकामा पनि छः गृहमन्त्री बादल

नेपाल समाचार

शेयर गर्नु होस ।

काठमाडौं /गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिम घटना वि भे दबाट निम्तिएको बताएका छन् । उनले हाल विश्याव्यापी रुपमा वि भे द रहेकाले नेपालमा पनि यसको अन्त्य हुन नसकेको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री बादलले अमेरिकामा पनि वि भे द रहेको बताउँदै नेपालमा यसको अन्त्य गर्न कठिन भएको बताएका हुन् ।

‘अमेरिकामा पनि वि भे द द ण्ड नीय छ । लोकतन्त्रमा लिंकनको परिभाषा सर्वश्रेष्ठ मानिन्छ । त्यही देशमा त्यही रुपमा लोकतन्त्र कार्यान्वयनमा भएको छैन । मार्टिन लुथर किङको ह ,त्या भएको थियो । कानूनमा वि भे दको अन्त्य भएको भए पनि पूर्ण कार्यान्यन भएको छैन’, उनले भने, ‘अमेरिकाले पनि सकेको छैन। हामीले पनि सकेका छैनौं ।’

गृहमन्त्री बादलले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको बताए । उनले छानबिन समितिले अनुसन्धान गरिरहेको जानकारी दिए । उनले भने, प्रहरी घटना स्थलमा ढिला पुगेको हो । कमजोरी पाइए विभागीय कारबाही हुने छ ।