विश्व शिखर सगरमाथाको आरोहन गर्ने महिला पत्रकार कल्पना महर्जनलाइ आर्थिक सहयोगको अपिल ।

क्यानडा विशेष नेपाल समाचार प्रवास

नेपालीहरूको शिरलाई सगरमाथाको शिखरको जस्तै उच्च पार्न सफल सगरमाथा आरोही तथा महिला पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको दक्षिणी मोहडा (नेपाल) बाट २०७५ जेष्ठ ९ गते तथा उत्तरी मोहडा (चिन) बाट २०७६ जेष्ठ ९ गतेका दिन आरोहण गर्न सफल भएकी थिईन । दुबै मोहडाबाट सगरमाथा शिखर चुम्ने विश्वको पहिलो महिला पत्रकारको रूपमा कीर्तिमानी कायम गर्न सफल भएकी हुन् ।

पर्वताराेहि महिला पत्रकार कल्पना महर्जन ।


यहि कीर्तिमानीलाई Gunnies Book of World Records निवेदनका लागि लागि करिव साँढे सात लाख रुपैयाँ अपुग भएकोमा पोर्चुगल बाट करिव ४ लाख सहयोग भैसकेको र अब करिव साँढे तिन लाख अझै अपुग हुन आएकोले क्यानडामा रहेका आफन्त र साथिभाईहरुको पहलमा उक्त सहयोगका लागि अपिल गरिनुका साथै आ – आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोग गरि उनको विश्व कीर्तिमानीको दाबेदरिलाई सम्मानित गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गरिएको छ ।
आर्थिक सहयोगको लागि ईमेलः nanda7sak2002@yahoo.com मार्फत e – transfer गरि जम्मा गर्न सक्नुहुनेछ । अन्य बृष्तृत जानकारीका लागि तलका ब्यक्तिहरुसँग सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । नन्दा बहादुर महर्जन ( फाेन नंः ३६५ ९९८ It’s so simple How to increase testosterone healthy lifestyle Yandex Zen ३७७०) र राजेन्द्र महर्जन ( फाेन नंः ६४७ ७७१ ०८९६) ।

Advertisement: