शताब्दी पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेको महाप्रस्थान !

नेपाल समाचार

एमखवर न्यूज डेस्क, क्यानाडा। १८ अगस्ट२०२०। नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुय्राउनु भएका र भाषा, साहित्य र सृजनाका माध्यमबाट राष्ट्र र राष्ट्रियताको सम्बर्द्धन र संरक्षणमा अविरल खटिनु भएका शताब्दी पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेले सधैंकालागि विश्राम लिनु भएको छ। कवि घिमिरे स्वास प्रश्वास समस्या देखिएपछि विगत चार महिनादेखी आफ्नै निवासमा अक्सिजन दिएर उपाचार गरिरहनुभएको थियो। लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिनु भएका घिमिरेको मंगलबार साँझ १०१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।

आफै लेख्न नसके पनि आफूले भन्ने र लेख्न लगाउने गर्नुभएका राष्ट्रकवि घिमिरेको महाकाव्य ऋतम्भरा प्रकाशन नहुँदै उहाँको निधन भएको छ। वहाँको जीवनको उत्तरार्धमा लेखिएको महाकाव्य ऋतम्भरा छिटै पढ्न पाईने आशा र प्रतीक्षा सबै साहित्य प्रेमीले गरेका छन्। देशभक्ति, रोमान्टिक र प्राकृतिक विषयमा केन्द्रित रहेर साहित्य सिर्जना गर्नुभएका उहाँको निधनबाट नेपालको साहित्य क्षेत्रमा अपूर्णनीय क्षति पुगेको छ । एमखबर मिडिया यस दुखःद क्षणमा राष्ट्रकविप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।