शुक्रबार राष्ट्रपतिलाई तामझामका साथ संसद् भवन ल्याउने तयारी, बिहीबार नै ‘रिहर्सल’ सकियो

नेपाल समाचार

काठमाडौं । मुलुक लकडाउनको अवस्थामा छ । सरकारले लकडाउन गरेको करिब दुई महिना हुन लागेको छ ।

मुलुक अहिले ठप्प छ ।    तर सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई तामझामका साथ संसद् भवन ल्याउने तयारी गरेको छ । शुक्रबार चार बजे सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसद्‍मा प्रस्तुत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको (प्रतिनिधिसभा र राष्ट्रियसभा) संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । संसद् सविचलायले राष्ट्रपतिको स्वागतमा कमी नहोस् भनेर बिहीबार नै ‘रिहर्सल’ गरिसकेको छ ।