संविधान संसाेधन सम्बन्धि एनआरएनए क्यानडाकाे बिज्ञप्ति ।

NRNA नेपाल समाचार

एमखवर न्यूज डस्क, क्यानडा । १४ जुन, २०२० । नेपालको प्रतिनिधिसभाबाट २०७७ जेष्ठ ३१ गते सर्वसम्मतीले पारित राष्ट्रीय निशाना छापलाई महाकाली नदी पूर्वको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगाएत भूभाग  समेटेर जारी गरिएको नयाँ नक्सा अनुकूल बनाउने संबन्धी ‘संविधान संशोधन विधेयक’ लाई एनआरएनए  क्यानाडाले हार्दिक स्वागत गरि विज्ञप्ति जारी गरेकाे छ । संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित हुँदा  नेपालको राष्ट्रीयता र संप्रभुताको पक्षमा सबै राजनितिक दलहरु एकताबद्ध छन भन्ने युगान्तकारी सन्देश प्रवाह भएको र यसले देश भित्र र प्रवाशमा रहेका समस्त नेपालीहरु गौरवान्वित भएकाे जनाएकाे छ ।

संविधान संशोधनसम्बन्धी उक्त विधेयक सर्वसम्मतीले पारित गराउन सम्पूर्ण राजनीतिक दलहरुकाबीच अभूतपूर्व राष्ट्रीय एकता कायम गराउन सम्मनानीय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले  कुशल नेतृत्व प्रदर्शन गरेको समेत उल्लेख छ ।

एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जीवी घिमिरेले हस्ताक्षर गरेकाे विज्ञप्तिमा यस अभियानमा भूमिका खेल्नुहुने संपूर्ण राजनीतिक दल हरुका साथै स्वदेश तथा विदेशमा रहेर आवज बुलन्द गर्ने नेपालीहरुलाई हामी धन्यवाद समेत दिइएकाे छ ।

राजनीतिक तथा कूटनीतिक कौशलता पुर्ण सम्वाद मार्फत् भारतद्वारा अतिक्रमित नेपाली भूमि भोगचलनमा ल्याउन यो एकताबद्ध पहलकदमी निरन्तर अघि बढ्ने विश्वास एनआरएनए क्यानाडाले लिएको, साथै अतिक्रमित भुमी समेटेर नयाँ नक्सा जारी गर्ने र राष्ट्रको निसाना छापलाई नयाँ नक्सामा समेट्ने oxymetholone pills कार्यमा देशभित्र र संसारभरी छरिएर रहेका नेपालीहरुबीच देखिएको अभूतपूर्व एकता  समृद्ध नेपाल निर्माणको अभियानमा अक्षुण्ण  रहोस भनि शुभकामना व्यक्त समेत गरेकाे छ ।