संसद भवनमा पस्यो कोरोना, प्रवक्ता पाण्डेमा कोरोना पुष्टि

स्वास्थ्य

शेयर गर्नु होस ।

काठमाडौं । काठमाडौंको संघीय संसद भवनमा पनि कोरोना प्रवेश गरेको छ । संघिय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

उनलाई कोरोना पुष्टि भएसंगै उनको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परिक्षण गरिएको छ । संसद सचिवालय स्रोतका अनुसार कोरोना परिक्षणका लागि पाण्डेको स्वाव मंगलबार दिइएको थियो । त्यसको परिणाम शुक्रवार आएको हो । उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेकाको खोजी गरिएको थियो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए ।

यादव सांसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत हुन् । यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । पाण्डेमा पुष्टि भए पनि उनीसँगै गएका अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

यो अर्को समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। मंगलबार १५ सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएपछि संकलन भएको स्वाब परीक्षण रिपोर्टमा थप २२ जनामा कोरोना पुष्टि भएको हो।

१५ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अख्तियारका आयुक्तसहित सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको थियो। स्वाब संकलनपछि भएको परीक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएपछि अख्तियारमा मात्र कोरोना कोरोना पुष्टि हुनेको संख्या ३७ पुगेको छ।