सकियो इजलासमा बहस, कस्तो आउला फैसला

नेपाल समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पक्ष विपक्ष र एमिकस क्युरीको तर्फबाट बहस गर्ने क्रम सकिएको छ । एमिकसर क्युरीका पाँच सदस्यमध्ये गीता संग्रौलाले आजबाट बहस टुंग्याएपछि फागु ११ गतेपछि कुनै पनि दिन फैसला आउने भएको हो ।

राय सकिएपछि फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिइएको छ । ११ गतेपछि फैसलाको प्रक्रिया शुरु हुने र त्यसपछि जुनसुकै समयमा अदालतको फैसला आउने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले इजलासमा जानकारी दिनुभएको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा पुस ७ गते नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरु र अन्य विभिन्न व्यक्तिले रिट दायर गर्नुभएको थियो ।