सगरमाथा चढ्दै नचढी चढेको दाबी

नेपाल समाचार

पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झूटो विवरण पेस गरेको फेला परेको छ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए।

विभागमा उजुरी परेपछि छानबिन गर्दा सगरमाथा आरोहण नगरेको प्रमाण फेला परेको उनले बताइन्। यो खबर आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन्।

झूटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन्।