सत्तारुढ नेकपा अब दुईटा भयो, प्रचण्ड समूहले चलाउन थाल्यो समानान्तर पार्टी

राजनीति

काठमाडौं । सत्तारुढ नेकपा अब दुईटा भएको छ । समग्र नेकपाका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । तर, अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपाभित्रै समानान्तर पार्टी चलाउन थाल्नुभएको छ । प्रचण्डले आफ्नो निवास खुमलटारलाई समानान्तर पार्टी कार्यालय बनाउनुभएको छ । उहाँले चाँडै नेकपाको धुम्बाराही र पेरिस डाँडा कब्जा गर्ने रणनीति पनि बनाउनु भएको छ ।

तत्कालीन माओवादीका अध्यक्ष तथा जनयु द्धकालीन नेता पुष्पकमल दाहाल प्रचण्ड आफ्नो उद्देश्यमा सफल हुँदै जान थाल्नुभएको लक्षण देखिएको हो । उहाँले पूर्व एमालेलाई फुटाएर एक खेमलाई साथ लिई तत्कालीन एमालेलाई निल्ने र नेकपाभित्र समानान्तर पार्टी चलाउन थाल्नुभएको हो ।

प्रचण्डले माधव नेपालहरुलाई साथ लिएर नेकपाका कुनै पनि बैठक चल्न नसक्ने अवस्था सिर्जना गर्नुभएको छ । प्रचण्डले आफ्नो कुटिल खेलमा माधव नेपालहरुलाई मात्र नभएर समग्र नेकपालाई फसाउनुभएको देखिएको छ ।

प्रचण्डले समानान्तर पार्टी चलाउँदै california-muscles.net त्यसको बैठक आफ्नो निवासमा गर्ने गर्नुभएको छ । समानान्तर पार्टीका निर्णय नेकपाको मूल बैठकमा लाद्ने प्रयास गरिरहनुभएको छ । प्रचण्डको यो प्रयासको सिकार नेकपा सचिवालय बैठक बनेको छ । प्रचण्डले अध्यक्ष ओलीलाई गालीगलौज गर्दै निकाल्नुभएको दस्तावेजलाई पार्टीको आधिकारिक दस्तावेज हो भन्न थाल्नुभएपछि नेकपा दुईटा भएको अवस्थामा पुगेको हो । प्रचण्डले गालीगलौज गर्दै निकाल्नुभएको दस्तावेज फिर्ता नलिएसम्म नेकपाको बैठक नबस्ने अवस्था सिर्जना भएको हो ।

आजको सचिवालय बैठक पनि यही कारण स्थगित हुन पुगेको छ । अब २० गते बैठक भनिएको छ, सो बैठक पनि प्रचण्डले गालीगलौज अर्थात आरोपपत्र फिर्ता नलिएसम्म हुने अवस्था छैन ।

अध्यक्ष केपी ओलीले प्रचण्ड र माधवको समूहले stacksteroids.net समानान्तर पार्टी चलाउन थालेकोमा कडा आपत्ति जनाइरहनुभएको छ । आफूलाई गालीगलौज गरिएको निकृष्ट कागजपत्र कसरी पार्टीको आधिकारिक दस्तावेज हुनसक्छ भनी ओलीले बैठकको औचित्य सकिएको बताउनुभएको हो । समानान्तर पार्टी चलाउने, गालीगलौजपूर्ण लिखतलाई आधिकारिक दस्तावेज भनेर बाँड्दै हिँड्न थालेपछि पार्टीको आधिकारिक समितिको बैठक अर्थहीन हुन पुगेको ओलीको ठहर छ ।

आज बैठक स्थगित प्रकरणमा पनि ओलीको भनाई थियो– ‘सचिवालयको बैठक खुला छलफल गर्नका लागि हो । गुटका बैठकका कुण्ठा र जालसाजी अनुमोदन गर्ने ठाउँ होइन सचिवालय ।’ सनराईज खबरबाट साभार