सदस्यता सम्बन्धि एनआरएन क्यानडाको बिज्ञप्ति, समयसिमा थपेर भए पनि क्षतिपूर्ति दिने ।

NRNA क्यानडा विशेष

एनआरएनए क्यानडा राष्ट्यि समन्वय परिषदको अधिबेशन यहि अगष्टमा जिटिएको ब्रामटन शहरमा हुदै छ । सदस्यता लिनको लागि एनआरएन क्यानडाले यहि मे १५ सम्मको समय सिमा निर्धारण गरेर सूचना जारि गरेको थियाे तर सदस्यता लिन केहि दिन मात्र बाँकि रहदा प्राबिधिक कारणले सदस्यतामा कठिनाइ उत्पन्न हुंदा एमखबर डटकमले सम्बन्धित निकायकाे ध्यानाकर्षणका लागि समाचार प्रकाशित गरेकाे केहि क्षणमै एनआरएनए क्यानडाले सार्वजनिक सूचना जारी गर्दै कसैकाे गल्ति कमजाेरी नभै पे पलकाे प्राबिधिक कठिनाइका कारण त्यसाे हुन गएकाे उल्लेख गर्दै सम्बन्धित निकाय संग कुरा भैसकेकाे र सदस्यहरूमा पर्न गएकाे असुबिधा प्रति क्षमायाचना गरेकाे छ । साथै सदस्यता बन्नका लागि समयसिमा थपेर भए पनि क्षतिपूर्ति गरिने बताएकाे छ, साे का लागि एनआरएनए क्यानडाका एनसिसि सदस्यहरूलाइ आफ्नाे आफ्नाे क्षेत्रमा सूचना सम्प्रेसन गर्न समेत अनुराेध गरेकाे छ ।