समाजसेवी, ब्यबसायी तथा कराते खेलाडी राजु ध्वज कार्कीको निधनः

community नेपाल समाचार विविध स्वास्थ्य

एमखवर नेपाल सम्वाददाता । २० मे, २०२१ । ललितपुर ।  गोदावरी नगरपालिका वडा नं १ गोदामचौर निवासी राजु ध्वज कार्कीको कोरोना संक्रमण बाट गत साता बि.सं. २०७८ साल बैशाख ३० गते (१३ मे, २०२१) मा निधन भएको छ । स्व. कार्की सितेरियो करातेका तेस्रो डान ब्ल्याकबेल्ट राष्ट्रिय खेलाडि हुन् । खेलकुदको अलावा आफ्नो ब्यबसाय गर्दै आएका उनी समाज सेवी पनि हुन् । गोदामचौरका समाजसेवी मध्यका चर्चित ब्यक्तित्वका धनी स्व.राजु ध्वज कार्कीले खेलकुद लगायत स्थानीय समाज सेवाका धेरै क्षेत्रमा योगदान दिएका छन् । खेलकुद परिषद् लगायत कराते संघले दुखः ब्यक्त गरेकाे छ । स्व.कार्कीका श्रीमति र दुई छोराहरु छन् ।

क्यानडा बाट संचालीत नेपाली न्यूज पोर्टल एमखवर डटकम स्व.राजु ध्वज कार्की प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछ । साथै शोकाकुल परिवारमा समबेदना सहित धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुण भनि प्रार्थना गर्दछ ।