“समृद्धिका लागि अध्यात्म” । क्यानडामा जुम लिंक बाट मे २ शनिवार प्रवचन हुदै ।

community क्यानडा विशेष विविध स्वास्थ्य

शेयर गर्नु होस ।

राजु थापा, क्यानडा । जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्रद्धेय सदगुरुदेव एल पि भानु शर्मा द्वारा समृद्धिका लागि अध्यात्म बिषयमा प्रवचन हुने आयोजकहरुले जनाएका छन् । आयोजक मध्ये हेल्पिंग ह्यान्ड क्यानडाकी बोर्डअफ डाईरेक्टर सबिता पौडेल, विनसर बाट सवि बिष्ट थपा र रजनी बस्नेत थापाले क्यानडाबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।
बिश्वभरि कोरोना भाईरसको महामारीको चपेटाले शारिरीक तथा मानसिक रुपमा नकारात्मक प्रभाव परिरहेको बेला यस्ता किसिमको प्रबचन तथा आध्यात्मीक कार्यक्रमले अहिलेको अबस्थामा केहि सकारात्मक ज्ञान प्राप्त गर्न सकिने बिश्वास गरिएकाे छ । आयोजकहरूले साे दिन सबैलाइ सहभागिता जनाउन समेत हार्दिक अनुराेध गरेका छन् ।