सम्झौता अनुसार सरकार परिवर्तन नभए नेकपा रहँदेन : नेता गौतम

अन्तरवार्ता नेपाल समाचार

शेयर गर्नु होस ।

नेपालमा अहिले जनताले वर्षौपछि दुई तिहाईको सरकार जनताले पाएका छन् । यो बिचमा अहिले सरकार परिवर्तको चर्चा सुरु भएको छ । यो बिचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामेदव गौतमले पार्टी एकिकरण हुँदा भएको सहमति भए अनुसार पार्टी अघि बढ्नु पर्ने बताउनु भएको छ ।

आज प्रेस संगठन, प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गौतमले सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिन सक्ने दावा गर्नुभएको हो । सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गर्नु नहुने बताउँदै उहाँले, ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ’ भन्नुभयो ।

नेता गौतमले बजेट मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता गैतमले बजेट जनपक्षीय भएको पनि बचाउ पनि गर्नुभयो । नेता गौतमलाई एकताको प्रमुख सुत्रधारको रुपमा लिने गरिएको छ ।