सम्बोधन गर्दागर्दै प्रचण्डले ओलीलाई सिद्ध्यिाइदन्छिु भनेपछि…

नेपाल समाचार

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु कडा भएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिद्ध्यिाइदिने बताएका छन् ।

मंगलबार प्रचण्ड–नेपाल समूहनिकट प्रेस संगठन नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो भनेका हुन् ।

सम्बोधन गर्दागर्दै प्रचण्डले भने, ‘ ओलीजी म कठोर हुनुपर्‍यो भने तपाईंलाई भित्तामा पुर्‍याउन पनि सक्छु। र, अहिले तयार पनि भएको छु । अब तपाईं सिद्धिनुभयो,’उनले भने,‘अब तपाईंको हातमा केही छैन । र, तपाईंको समय पनि धेरै छैन । ’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

‘हिजो जसकाविरुद्ध राष्ट्रवाद देखाउनुभएको थियो, आज त्यहीसँग मिलेर प्रतिगमन गर्नुभयो,’ प्रचण्डले भने,‘उहाँको राष्ट्रवाद खोक्रो साबित भइसक्यो ।’