सरकारको बिरोध गर्ने संक्रमणकारी: समर्थनमा उत्रने “राता मण्डले” लाई स्याबासी ?

नेपाल समाचार

एम खबर डेस्क, क्यानाडा। ११ जुन २०२०

सरकारले कोरोना नियन्त्रणकोलागि सामाजिक दूरीको प्राबधानलाई अबलम्बन गर्न आम जनतालाई पटक पटक उर्दी जाहेर गरेको छ र हिजै मात्र पनि प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा सामाजिक दूरीको जिकिर गरेका थिए तर उनै प्रधानमन्त्रीका अन्ध समर्थक र सरकार पक्षधर युवा संगठन कै “राता मण्डले” हरुको उदण्ड झुण्डले नै सरकारको त्यो अनुरोधको धज्जी उँडाईरहेको छ।

आफ्नै पार्टी नेकपाका नेताहरूलाई भारतीय दलाल भन्दै शहर बजारका सडकहरुमा ताण्डब नृत्य देखाई रहेका छन् र लाजै पचाएर प्रधानमन्त्री ओलीलाई देवत्वकरण गर्दै जयजयकार गर्न थालेका छ्न्। 

सरकारको बिरोधमा माईतीघर मण्डलामा प्रदर्शन गर्दा लाठी बर्साउने र दमकल बोलाएर पानीको फोहराले हिर्काउने सरकारले आफ्ना पक्षमा नाराबाजी गर्ने राता मण्डलेको उदण्ड जत्थालाई भने केही गरिरहेको छैन बरु उल्टै सरकारी संचार माध्यममा प्रमुखताका साथ प्रसारण गरिरहेको छ।

सरकारको बिरोधमा प्रदर्शन गर्दा कोरोनाको संक्रमण देख्ने अनि सरकारको पक्षमा राता मण्डललेहरुले हुल हुज्जत गर्दा मौनता साध्ने सरकारी रवैयाले पंचायतकालिन मण्डलले तन्त्रको झझल्को दिएको टिप्पणी जनस्तरबाटै हुन थालेको छ।