पार्टीले मागेको स्पष्टीकरणको जबाफ नदिएको र पार्टीविरोधी काम गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड(माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
Advertisement:

आइतवार बसेको पार्टीको स्थायी समितको बैठकले उक्त निर्णय गरेको हो।
पार्टीको निर्णयबिना प्रतिनिधिसभा विघटन गरेको लगायतका विषय उठाउँदै उक्त समूहले ओलीसँग स्पष्टीकरण सोधेको थियो।