साम्राज्ञीविरुद्ध भुवन केसीले हाले अदालतमा मुद्दा

मनाेरंजन

शेयर गर्नु होस ।

काठमाडौँ/अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन् । अभिनेता केसीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा साम्राज्ञीविरुद्ध गाm,ली बे ,इ ज्ज ती मुद्दा दर्ता गराएका हुन् ।

अभिनेता केसीले साम्राज्ञीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

अभिनेता केसीले यसअघि चलचित्र कलाकार संघमा सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानविन गरिदिन उजुरी दिएका थिए ।

साम्राज्ञीले सामाजिक सञ्जाल फेसबुकमार्फत भुवनले आफूमाथि दु,र्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।