माया र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने पुरानो मान्यता रहेको छ । यस्तै भारतमा एउटा घटना बाहिर आएको छ । भारतको राजस्थानको बाड़मेर जिल्लामा एक दर्दनाक घटना भएको छ ।
बाड़मेरको चौहटन थाना क्षेत्रको लीलसर गाउँ नजिकै एक Buy Sildenafil in Australia How much protein do you really need to build जोडीले आत्महत्या गरेको खबर सार्वजनिक भएको छ । प्रहरीले दिएको जानकारी अनुसार दुई जनाले एक अर्कालाई गोली हानेका थिए ।
मर्नेहरुमा शंकर(केटा) र अंजू(केटी) को नाम रहेको छ । आत्महत्याको जानकारी पाए लगत्तै थानाधिकारी रमेश ढाका समेतको टोली घटनास्थल पुगेको थियो । दुवै जनाको शबलाई नियन्त्रणमा लिएर प्रहरीले दुवैको परिवारलाई जानकारी गराएको छ ।
घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु केही हिजोदेखी वेपत्ता भएको जानकारी दिइएको छ । उनीहरु बिच केही दिनदेखी प्रेम एकदमै गहिरो भएको थियो ।
यो जोडी बुधबार हराएको थियो भने आज मृत भेटिएका हुन् । दुवै जनाको शवलाई चौहटन सीएचसी राखिएको छ । उनीहरुको त्यहाँ पोस्टमार्टम हुने जानकारी दिइएको छ ।
उनीहरुले एक अर्कालाई गोली हानेको अवस्थाको तस्वीर अहिले भाइरल भइरहेको छ । उनीहरुले हतियार कहाँबाट पाए भन्ने विषयमा प्रहरीले अनुसन्धान तिव्र बनाएको छ । घटनास्थलमा बियर र चुरोट पनि फेला परेको छ ।
उनीहरुको विवाहलाई लिएर घर परिवारले दबाब दिएको थियो वा अरु केही कारणले आत्महत्या गरेका हुन भन्ने विषयमा अनुसन्धान चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।