सिमा बिहिन सहयोगी हातहरु क्यानडाको सहयोग साहित्यमा पनि ।

NRNA क्यानडा विशेष मनाेरंजन

आशा प्रज्ञान केन्द्र सितापाइलाको आयोजना तथा Helping Hands Without Borders  Canada(सिमा बिहिन सहयोगी हातहरु )को सहयोगमा आज आशा द्वारा संकलित पाैराणिक छन्द विधान लोकार्पित कृति ” पौराणिक धन्द बिधान” लोकार्पण सम्म्पन भयो।

कार्यक्रममा प्रमुख अतिथी नागार्जुन न पा प्रमुख हुनुहुन्थ्याे।यसभित्र नेपाली साहित्यमा प्रयाेग हुने छन्दकाे नीति नियमहरूकाे संगालाेहरू छन् । यसैगरी याे वर्ष यश केन्द्रले सिक्किम साहित्य परिषदका सचिव  साहित्यकार,पत्रकार  नारद प्रसाद निराैला तथा नेपालका  साहित्यकार श्री कृष्णप्रसाद पाैडेकाे संमान पत्र,खदा माला दोसल्ला अादिले संमान गरियाे।

कार्यक्रममा पुर्व श्क्षेत्रिय प्रशाशक टिकाराम रेग्मी,त्रीफला पुस्तकालयका संयाेजक,नगरपालिकाका विशिष्ट व्यत्तीत्व साहित्य प्रेमी विध्याथीहरूकाे उपस्थिति थियाे । नगर प्मुखले अासा प्रज्ञान केन्द्रलाई प्रकाशन र अासा पुस्तकालयलाई नगरकाे नव निर्मित भवनकाे दुई काेठा दिने प्रतिबद्वतन जनाउनु भयाे

कार्यक्रम सफल पार्न सिमा बिहिन सहयोगी हातहरुलाई भुमिका प्रदान गरियकोमा सस्थाको प्रतिनिधिले धन्यवाद दिनु भयो भने आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा हाम्रो निरन्तर सहयोग हुने गहिरो प्रतिबद्द्ता व्यक्त गर्नु भयो।

सिमा बिहिन सहयोगी हातहरु क्यानडाका निर्देशनक तथा कोर्डिनेटर  श्री अञ्जनि राज भट्टराईले हाम्रो टेलीफोन सम्पर्कमा सस्था क्यानडा बेस भयता पनि हाम्रो मुख्य कार्य क्षेत्र  नेपाल नै भएको र आगामी दिनमा सस्थाले शिक्षा, साहित्य, सस्कृती, पर्यटन, स्वास्थ, बाताबरण,जेष्ठ नागरिक महिला तथा बालबालिका आदिको क्षेत्रमा काम गर्ने जानकारी दिनु भयो।