“सिमा बिहिन सहयोगी हातहरु” क्यानडा द्धारा आफ्नो वेभसाइट र्सावजनीक ।

क्यानडा विशेष प्रवास विविध

शेयर गर्नु होस ।

एमखवर सम्वाददाता, क्यानडा । क्यानडाको फेडरल सरकार संग दुइ बर्ष अगि देखि आबद्धता रहि सामाजीक कार्यमा कार्यरत ‘Helping Hands Without Borders’ Canad (HHwB) – “सिमा बिहिन सहयोगी हातहरु” क्यानडाले हिजो आईतवार देखि आफ्नो आधिकारीक वेभसाईट www.helpinghandscanada.org सार्वजनीक गरेको छ । सार्बजनीक कार्यक्रम कोभिड १९ को कारण भर्चुअल माध्यमद्धारा गरिएको थियो ।

सल्लाहकार समितिका सदस्यहरू

सार्वजनीक कार्यक्रममा सल्लाहकार समितिका सदस्यहरु अनिल थापा – मिसिसागा, डा.अर्जुन केसी – एडमन्टन, डा.दिनेश गजुरेल – न्यु ब्रन्सविक, ज्योति बैध्य – लण्डन र शालीग्राम अर्याल – अटवाले सस्थाले भविष्यमा गर्नु पर्ने उद्धेश्य र कृयाकलापका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यकारी समितिका पदाधिकारीहरू
नेपाल प्रतिनिधि

उक्त कार्यक्रममा कार्यकारी समितिका पदाधिकारीहरुको परिचय सहित बिगतका गतिबिधिहरु लगायत भाबि कार्यक्रमहरु र योजनाका बारेमा छलफल गरेका थिए । हाल उक्त संथाको कार्यकारी समितिमा अन्जनी राज भट्टराई – अध्यक्ष (टोरोन्टो), ऋषिकेश घिमिरे – महासचिव (स्कारब्रो), राजन छत्खुली – कोषाध्यक्ष (गुयल्फ), राजु थापा – प्रवक्ता (ब्रामटन) लगायत डाईरेक्टरहरुमा डा.गोपाल पाठक – हेलीफ्याक्स, निरुपमा शर्मा – गुयल्फ, रबिन्द्र आचार्य – भेन्कुभर र सबिता पौडेल – क्यालगरी रहनु भएको छ भने नेपाल प्रतिनिधिमा माधव राज घिमिरे रहनु भएको छ ।

संथाले बिगतमा टोरोन्टोमा रक्तदान कार्यक्रमका अलावा कोभिड–१९ का कारण आपतमा परेका नेपाली बिध्यार्थीहरुका लागि सहयोग समेत गरेको थियो । संथाले फुड बैंक क्यानडा, एनआरएनए क्यानडा, सनि ब्रोक हस्पिटल टोरोन्टो र कारोना तथा गरिबीको कारण नेपालको काभ्रेको बिकट गाउंमा रहेको एक बिपन्न परिवारलाई नगद सहयोग लगायत हालै मात्र बागलुंग ढोरपाटनमा गएको बाढि पिडितहरुको लागि बागलुंग सेवा समाज टोरोन्टो मार्फत केहि नगन सहयोग गरेको छ ।

बिगतमा हेल्पिगंह्यान्डले गरेका केहि सहयाेगहरू

संथाका अध्यक्ष अन्जनी राज भट्टराईले संथा भरखर स्थापना भएता पनि बिगतमा क्यानडा तथा नेपालमा अति आवस्यक सामाजीक कार्य सम्पन्न गर्न सकेकोमा यस संथा मार्फत सहयोग प्रदान गर्नुहुने सबै प्रति आभार र धन्यवाद दिनु भएको छ । आउदा दिनहरुमा अझै उल्लेख्य सहयोग गरि यस संथाको उद्धेस्यमा साथ सहयोग गर्न अुनरोध समेत गर्नु भएको छ । नेपालमा यस संथाले गर्ने जुनै पनि समाजीक कार्यहरु नेपाल प्रतिनिधि मार्फत गरिने समेत जानकारी दिनु भएको छ । यसको नामै “सिमा बिहिन सहयोगी हातहरु” भएकाले अन्य देशहरुमा समेत अति आबस्यकीय क्षेत्रमा सहयोगको तर्जुमा गरिने योजना रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।