“सिमा बिहिन सहयोगी हातहरु – क्यानडा” सामाजीक संथा गठन

क्यानडा विशेष नेपाल समाचार

शेयर गर्नु होस ।

केहि गरौं भन्ने सोचका साथ नेपाली समाजका केहि ब्यक्तिहरू अञ्जनि भट्टराई, राजनश्री छतकुलि, रबिन्द्र आचार्य, डाक्टर गोपाल पाठक तथा ऋषि के घिमिरेको सस्थापक बोर्ड अफ डाइरेक्टरको सहभागीता र अग्रसरतामा “Hepling Hands Without Borders Canada” ( सिमा बिहिन सहयोगी हातहरु – क्यानडा ) नामक सस्था हालै स्थापना भएको छ ।

सस्थाले नेपाली समाज क्यानाडा र नेपालका अति दुर्गम तथा पिछडियका स्थानहरुमा आर्थिक तथा सामाजिक काममा सानो- साना सहयोग पुराउने उदेश्य राखेको छ।

यसै सिलसिलामा हालै मध्य नेपालको बारा तथा पर्सामा गयको बिनासकारी हावा हुरिबाट निकै ठुलो जनधनको क्षति भएको छ। यो अवस्थामा सानो सहयोग मात्रै पनि खास पीडितसम्म पुराउन सक्नु है मुख्य उदेश्य ठानी एनआरएन क्यानाडा मार्फत हाललाई ३०१ क्यानेडियन डलर सहयोग प्रदान गर्ने निर्णय गरेको छ। साथै आगामी दिनमा थप सहयोगको लागि प्रयास जारी राख्दै , भबिस्यमा यहाँहरुको सहयोग र सुझाबको निरन्तर अपेक्षा संथाले राखेकाे छ ।