सीमा मिचिएको विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता

नेपाल समाचार

मदन बस्नेत, टाेराेन्टाे । १० मे, २०२० । संघीय संसदको प्रतिनिधिसभामा भारतले नेपालको सीमा मिचेको विषयमा संकल्प प्रस्ताव दर्ता भएको छ।

संकल्प प्रस्ताव सत्तारुढ दल नेकपाका खगराज अधिकारीले दर्ता गराएका हुन्।

अधिकारीले विश्व नै कोरोना भाइरससँग लडिरहेको अवस्थामा नेपाली भूमि लिपुलेकबाट तिब्बतको मानसरोबरसम्म जाने सडक उद्घाटन गरेको भन्दै त्यसविरुद्ध सबै राजनीतिक शक्ति र सरोकारवालाहरुलाई एक हुन आव्हान गरेका छन् ।